चितवन– प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित सभालाई सम्बोधन गर्न चितवन पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सभामा उपस्थित नै नभई काठमाडौं फर्किएका छन्।


ADVERTISEMENT


बुधबार हुने भनिएको विरोध सभालाई सम्बोधन गर्न मंगलबार अपरान्ह भरतपुर पुगेका उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वाेच्च अदालतले बदर गरेसंगै सभालाई सम्बोधन नगरीकनै उनीहरु काठमाडौँ फर्किएका हुन् ।


ADVERTISEMENT

# # #


भरतपुरस्थित केन्द्रीय बस टर्मिनलसँगैको मैदानमा बुधबार ११ बजेका लागि सभाको तयारी गरिएको थियो। तर दुवै अध्यक्ष हिँडेपछि भने कार्यक्रम प्रभावित बनेको छ।

गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यही मैदानमा आयोजित जनसभालाई सम्बोधन गरेका थिए ।