भक्तपुर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा राजीनामा नदिने दोहोर्याए ।


ADVERTISEMENT


बुधबार सीटिइभीटीको ३३ र्औ वार्षिकउत्सव समारोहलाई सम्बोधन उनले भने, ‘राजीनामा दिने हामी कायर हो ? कुनैपनि हालतमा राजिनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ ।’ संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए ।


ADVERTISEMENT

# # #


अदालतले गरेको निर्णयलाई पार्टी र सरकारले सम्मान गरे पनि यो निर्णयले झन् विवाद बढाएको उनले दाबी गरे । उनले भने, ‘हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् ।’

संसद पुनस्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाडेको उल्लेख गर्दै सपना बाड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे । अबको प्रधानमन्त्री पनि केपी ओलीनै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ’, उनले भने । आफूहरुले १३ गते फैसला आउने अपेक्षा गरे पनि मंगलबार प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउँदा गलत भएको उनले जिकिर गरे ।

अदालतको फैसलापछिको विश्लेषण गर्दै उनले भने, ‘अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ । अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौ, खेल खेल्ने तयारीमा छौ, हामीले गोल गरेरै देखाउँछौ ।’