सप्तरी – जिल्ला प्रहरी कार्यालय सप्तरीले गर्भवती महिलालाई कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ । महादेवा गाउँपालिका ४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका तीन जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका ४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत पक्राउ परेका हुन् । आरोपितमध्ये तीन पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेशकुमार सिंहले सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको बताए ।


ADVERTISEMENT

# # #


आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरूलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताए । आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ । रासस