काठमाडौँ – नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको ह्विप नमान्नेलाई पार्टीले कारवाही गर्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


शनिवार काठमाडौँमा सम्पन्न एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भए पार्टीले ह्विप नै जारी गरेर सामना गर्ने उनले बताए । पार्टीका सांसद्ले ह्विप नमानेमा कारवाही गरिने चेतावनी उनले दिए ।


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्री ओलीसँग १ सयभन्दा बढी सांसद् भएको दाबी समेत गरे । यद्यपि, हालसम्म ओली पक्षमा ८१ जना मात्र सांसद् रहेको देखिएको छ ।