झापा – अत्याधुनिक प्रविधिसहित स्थापित विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल मंगलवारदेखि औपचारिक सञ्चालनमा आउने भएको छ । गत वर्षदेखि अस्पताल सञ्चालनमा आएपनि मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको औपचारिक उद्घाटन गर्ने अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईले जानकारी दिएका छन् ।


ADVERTISEMENT


उक्त अस्पतालको उद्घाटनका लागि प्रधानमन्त्री ओली मंगलवार झापा आउँदैछन् । प्रधानमन्त्रीसहित उद्घाटन कार्यक्रममा चर्चिच कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको पनि उपस्थिति रहनेछ । यससँगै नायिका मनिशा कोइरालाको पनि उद्घाटन कार्यक्रमा उपस्थिति रहने अस्पतालका यर्काकारी प्रमुख प्रसाईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पूर्वाञ्चल क्यान्सर अस्पताल बी एण्ड सी अस्पतालसँगै जोडिएको छ । ६ करोड बढी लागतमा निर्माण भएको क्यान्सर अस्पतालले ३ सय श्यैयाको स्वीकृति पाएको छ । अस्पतालमा क्यान्सरको रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत पूर्ण उपचार हुने भएकाले क्यान्सरको उपचारकै लागि भनेर विदेश जान नपर्ने सञ्चालक प्रसाईले बताए ।

उनकाअनुसार अस्पतालमा क्यान्सर उपचारमा महत्वपूर्ण मानिएको पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण जडान गरिएको छ ।