काठमाडौँ – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले उपचारका लागि दिने घोषणा गरेको १० लाख रुपैयाँ सहयोग लिन अस्वीकार गरेको छ ।


ADVERTISEMENT


मष्तिष्कघात भई उपचारका लागि नर्भिक अस्पतालमा रहेका नेता जोशीको परिवारले आइतबार उक्त सहयोग रकम नलिने घोषणा गरेको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उपचार सहयोग रकम स्वरुप रु. १० लाख सहयोग गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


नेता जोशीको परिवारले सरकारले दिने भनेको उक्त रकम विपन्न वर्गको उपचारमा लगाउन आग्रह गरेको नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डले भिडियो सन्देश जारी गर्दै जानकारी दिएका छन् ।

‘सरकारले अनर गर्‍यो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,’ पाण्डेले भिडियो सन्देशमार्फत भनेका छन्, ‘सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस् र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो ।’

गत फागनु १४ गते नेता जोशीलाई मष्तिष्कघात भएको थियो । उनको अवस्था हाल गम्भीर रहेको छ ।