दमक– मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


ADVERTISEMENT


दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को ७ प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।


ADVERTISEMENT

# # #


ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।