बर्दिबास – महोत्तरीबाट प्रहरीले १५ केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिबासको माइस्थान जंगलबाट गाँजा ओसारपसारमा संलग्न १ जना र बसका चालक २ जनालाई आइतबार बिहान १५ केजी गाँजासहित प्रहरीले पक्राउ गरेको हो।


ADVERTISEMENT


काठमाडौंबाट महोत्तरीको मनरा जाँदै गरेको ना ६ ख ५४३४ नम्बरको बसमा दुईवटा झोलामा राखिएको ३ पाकेट गाँजासहित उनीहरु पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरिसकेपछि हत्कडी लगाउँन खोज्दा करीब १ किलोमिटर जति भागेका उनीहरुलाई प्रहरीले पुनः नियन्त्रणमा लिन सफल भयो ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय बर्दिबासका डिएपी प्रविन पोखरेलले बसका चालक र गाँजा तस्करबीच पहिलेदखिनै चिनजान रहेकाले उनीहरु पेशेवर हुनसक्ने जनाएका छन् । उनीहरुले गाँजा मकवानपुरबाट जलेश्वतर्फ लान खोजेको देखिएको र पक्राउ उनीहरूमाथि अनुसन्धान भइरहेको डिएसपी पोखरेलले जानकारी दिएका छन्।