काठमाडौँ – झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालक तथा व्यवसायी दुर्गा प्रसाईले ‘मार्सी’ बियर, ‘माफिया’ ह्वीस्की र ‘डन’ पेय पदार्थ ल्याउने भएका छन् ।


ADVERTISEMENT


मंगलबार झापाको बिर्तामोडमा ३०० शैय्याको आफ्नै लगानीको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै प्रसाईले उक्त घोषण गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेकपाका नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई घरमा बोलाएर जुम्लामा फल्ने मार्सी चामलको भात खुवाएका थिए । नेताहरुलाई खाना खुवाएर बीएण्डसीलाई मेडिकल कलेजको सम्बोधन दिलाउन खोजेको भन्दै उनीहरुलाई कतिपयले मेडिकल माफिया, ‘मार्सी’ भन्ने गरेका छन् । तर, प्रसाईले आफूसँग जोडिएका ती विशेषणलाई अब सम्पत्ति र ब्राण्ड बनाउन लागेका हुन् ।

उनले आफ्नै ब्रअरी उद्योगबाट ‘मार्सी’ बियर, ‘माफिया’ ह्वीस्की र ‘डन’ पेय पदार्थ उत्पादन थाल्ने बताए । ‘मार्सीको नामबाट त्यही दिनबाट पाएको दुर्नामीको उपहारलाई मैँले आफ्नो सम्पत्तिको रुपमा लिएको छु ।’ प्रसाईले भने, ‘नेपालका हिमाली जिल्लामा उत्पादित मार्सी चामलको प्रयोग गरेर बनेको अन्तर्राष्ट्रिय स्तरको ‘मार्सी’ बियर, ‘माफिया’ ह्वीस्की र ‘डन’ इनर्जी ड्रिंक्स बजारमा आृने कुराको जानकारी म दिन चाहन्छु ।’

उनले मिडियाकर्मीहरुले हल्ला र अनुमानको भरमा कलम चलाउँदा त्यसको दूरगामी असर देशलाई पर्न जाने बताए ।