काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले दुर्गा प्रसाईंद्वारा सञ्चालित झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजलाई मेडिकल कलेजको सम्बन्धन दिइने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार झापाको बिर्तामोडमा प्रसाईंको लागानीमा बनेको ३०० शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बी एन्ड सीले शिक्षण अस्पतालको अनुमति पाउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘बी एन्ड सीलाई टिचिङ हस्पिटल बनाउने काम अगाडि बढिसकेको कुरा अघि बढिसकेको छ ।’ सञ्चालक प्रसाईंतिर हेर्दै ओलीले भने, ‘अब यो अस्पताल अस्पतालका रुपमा मात्रै होइन, केही समयभित्रै शिक्षण अस्पतालको रुपमा अगाडि बढ्छ ।’

प्रधानमन्त्री ओलीले बी एन्ड सीलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने खुलासा गरेका छन् ।