काठमाडौं– गैरआवासीय नेपाली संघको आठौं महाधिवेशनमा मत खसाल्ने मतदाताहरुको दर्तामा घुसपैठ गरी नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको छ ।


ADVERTISEMENT


एनआरएन अमेरिकाले स्वीकृत गरी पठाएको अन्तिम सूचीमा नामै नभएका झन्डै ६० जना प्रतिनिधि दर्ता गरेको भेटिएपछि हंगामा भएको छ ।


ADVERTISEMENT

# # #


एनआरएन अमेरिकाका अध्यक्ष, आईसीसी केही पदाधिकारी र सचिवालयका एक कर्मचारीको मिलेतोमा अन्य देशका पनि सयौं जना नक्कली प्रतिनिधिको दर्ता गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।

फर्जी सूची दर्ता गरेको अभियोगमा दर्ता प्रक्रियामा संलग्न एक कर्मचारीलाई निलम्बन गरिएको विश्वस्त सूत्रले जनाएको छ । शनिबार दर्तास्थलबाट एकाएक हराएका ती कर्मचारीले होटलको कोठामा गई ल्यापटपबाट नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको छ ।

यसैवीच एनआरएन अमेरिकाका साधारण सदस्य नारायण थापाले निर्वाचन आयोगलाई निवेदन लेखी प्रतिनिधि दर्ता प्रक्रियामा व्यापक घोटाला भएकाले निर्वाचन प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका छन् ।