बेनी, म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ ।


ADVERTISEMENT


जिल्लामै शल्यक्रियासहितको प्रसूति सेवा, डिजिटल एक्सरे सेवा, जटिल प्रकारका शल्यक्रिया, डेन्टल र अस्पतालको आफ्नो फार्मेसी सेवा सञ्चालनमा आएपछि अस्पतालमा बिरामीको भीड बढ्नुका साथै सेवा प्रवाह प्रभावकारी बनेको हो ।


ADVERTISEMENT

# # #


निक साइमन्स इस्टिच्युटको सहयोगमा शल्यक्रियासहितको प्रसूति सेवा जिल्ला अस्पतालमै सञ्चालन गरेपछि हालसम्म १७४ जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा धीरेन्द्रकुमार मल्लले बताए।

उनले एपेन्डिसाइटिसको ३५, हाइड्रोसिल ६२, हर्निया ६५ र पाठेघरभन्दा बाहिर बच्चा बसेको छ वटाको सफलतापूर्वक शल्यक्रिया गरिएको जानकारी दिए । अहिले पनि मासिक रुपमा ६० देखि ७० वटासम्म हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्ने गरिएको छ भने हजारौँको सामान्यक शल्यक्रिया भइसकेको उनको भनाइ छ ।