काठमाडौँ – पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादलाई यथाशीघ्र निरुपण गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार एक विज्ञप्ती जारी गर्दै पूर्वप्रमुख आयुक्तहरुले राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भन्दै आयोगको ध्यानाकर्षण गराएका हुन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधिप्रसाद यादव, दोलख बहादुर गुरूङले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।


ADVERTISEMENT

# # #


जारी संयुक्त विज्ञप्तिमा भनिएको छ,–‘राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भनि निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरूले हामीलाई गम्भीर बनाएको छ।’

आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा असर पार्ने उनीहरुको भनाई छ । निर्वाचन आयोगले प्रचलित कानुन र स्थापित नजिरको आधारमा यथाशीघ्र निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तले माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिसभा विघटन गर्ने असफल प्रयास गरेपछि नेकपा ओली र प्रचण्ड–माधव गरी खुई समूहमा विभाजित छ । प्रचण्ड–माधव समूहले आफूहरु आधिकारिक भएको भन्दै निर्वाचन आयोगले पार्टीको नाम र चुनाव चिन्ह आफूले पाउनु पर्ने भन्दै आधिकारिकता दाबी गरेका छन् ।