काठमाडौँ – महानगरीय प्रहरी प्रभाग बालकुमारीले नवनिर्मित कार्यालयबाट सेवा शुरु गरेको छ । बुधवार एक कार्यक्रमकाबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले कार्यालय भवनको उद्‍घाटन गरे ।


ADVERTISEMENT


उक्त कार्यक्रममा एआईजी पालले भवनको निरीक्षणका साथै भवन निर्माणमा योगदान पुर्याउने कर्मचारीलाई नगदसहित प्रशंसा पत्रले सम्मानित गरे ।


ADVERTISEMENT

# # #


उद्घाटन समारोहमा बोल्दै उनले प्रहरी सँधैँ जनताको सुरक्षाका लागि तत्पर हुनुपर्ने बताउँदै आफू मातहतका कर्मचारीलाई नागरिक समस्यमा परे तत्काल सम्बोधन गर्न निर्देशन दिए । उनले समस्यामा परेका नागरिकले सोझै आफूलाई समेत सम्पर्क गर्न आग्रह गरे ।

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नवनिर्मित भवनबाट प्रहरीले ललितपुर महानगरपालिकाले स्मार्ट सिटिको अवधारणा अनुरुप सुरक्षालाई मुल विम्बको रुपमा अवलम्वन गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौले नयाँ बनेको भवनले प्रहरीलाई थप उत्साह दिएकाले सेवा अझैँ प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरेको उक्त भवन रु. १ करोड ७१ लाखमा निर्माण सम्पन्न भएको हो । साढे २ तलाको उक्त नयाँ भवनमा कार्यालय प्रमुख कक्ष, ब्यारेक, भान्साकोठा, थुनुवा कोठा सहित जम्मा ११ वटा कोठा रहेका छन्।