रसुवा– ग्रामीण बालबालिकालाई खोप लगाउन सहज पार्ने उद्देश्यले ठूलोगाउँमा खोपकेन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य संस्था जान आधा घण्टाभन्दा बढी दूरी भएको ग्रामीण बस्तीलाई खोपलगायतका सेवा घर नजिकबाटै सहज पार्ने सरकारको नीतिअनुरूप खोपकेन्द्र निर्माण गरिएको हो ।


ADVERTISEMENT


उत्तरगया गाउँपालिका ३ ठूलोआँगन आसपास निर्माण गरिएको खोपकेन्द्रले मासिक ३० बालबालिकालाई खोप लगाउन सहज भएको ठूलोगाउँ स्वास्थ्य केन्द्रले जनाएको छ । भवन निर्माणको कूल लागत रु. आठ लाख ३५ हजार रहेको र सोमध्ये गाउँपालिबाट रु. तीन लाख एवं स्थानीय विकास पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसद मोहन आर्चायले रु पाँच लाख ३५ हजार प्रदान गरेको वडा नं ३ को कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय सुनिता गुरुङले निःशुल्क प्रदान गरेको स्वास्थ्य केन्द्रले जनाएको छ । खोपकेन्द्र भवनको गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले एक विशेष कार्यक्रमअन्तर्गत उद्घाटन गरेपश्चात् नवनिर्मित भवनबाट सेवा सञ्चालन भइसकेको स्वास्थ्य केन्द्र प्रमुख कृष्ण भण्डारीले जानकारी दिएका छन् । रासस