काठमाडौँ – काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


नेपाल सरकार र विद्रोही नेकपा विप्लव समूह बीच हस्ताक्षर कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेत्रविक्रम चन्द, खडकवहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताहरु ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा. राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


विद्रोही पक्षका नेताहरु नेत्रविक्रम चन्द, खडकवहादुर विश्वकर्मा प्रकाण्ड एकआपसमा भलाकुसारी गर्दै ।

सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित विद्रोही पक्षका नेताहरु नेत्रविक्रम चन्द, खडकवहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बाँस्तोला ।

सबै तस्बिर : रासस