बुटवल – स्थानीय जनताको असहमितका बाबजुद शुक्रवार अर्थमन्त्री विष्णु पौडेल बुटवल औधोगिक क्षेत्रको शिलान्यास गर्न गए ।


ADVERTISEMENT


उद्घाटनमा गएका अर्थमन्त्रीमाथि स्थानीयले मञ्चमै ढुंगामुढा प्रहार गरेपछि अर्थमन्त्री पौडेल उक्त कार्यक्रमबाट भागे । स्थानीय जनताको सहमतिविपरित अर्थमन्त्री पौडेलले जबरजस्ती औधोगिक क्षेत्रको शिलान्यास गरेको भन्दै स्थानीयले विरोध गरेका थिए ।


ADVERTISEMENT

# # #


तर अब सरकारले विरोध भए नयाँ तरिकाले असहमितका स्वर थुन्ने रणनीति बनाएको छ । सरकारले औधागिक क्षेत्र निर्माणमा विरोध जनाइरहेका जनताले प्रतिकार गरे सहमति जनाउने जनतालाई नै प्रतिकारमा उतार्ने सहमति गराएको छ ।

शनिबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बुटवलको रानीगञ्ज क्षेत्रका बासिन्दाका डेढ दर्जन प्रतिनिधिको हस्ताक्षरमा गरेको सहमति पत्रको सातौं बुँदामा औद्योगिक क्षेत्रको ‘बी’ ब्लकमा हुने निर्माणमा अवरोध भए सशक्त प्रतिरोध गर्ने भनिएको छ ।

उक्त पत्रमा निर्माणको काम अघि बढाउन आफूहरु तयार रहेको र कुनै अवरोध नगर्ने उल्लेख गरिएकोमा १९ जनाले हस्ताक्षर गरेका छन् ।
उक्त सहमतिले औधोगिक क्षेत्र निर्माणका क्रममा विभाजित दुई समूहबीच द्धन्द चर्काउने भन्दै चौतर्फी विरोध भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका अध्यक्ष राजु गुरुङले सरकारी पक्षले शक्तिको दुरुपयोग गरी जनतालाई आपसमा लडाउने काम गरेकोमा यो निन्दनीय भएको बताए । ‘सरकार नै यसरी जनता लडाउने काममा लाग्नु निन्दनीय हो,’ उनले बताएका छन् ।