काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । संसदको कार्यसूतिप्रति असन्तुष्टि जनाउँदै प्रचण्ड–माधव समूहले बैठक अस्वीकार गरेको हो ।


ADVERTISEMENT


आइतबार बैठक सुरु भएपछि बोल्दै प्रचण्ड–माधव समूहका नेता भीम रावलले सर्वोच्च अदालतले नेकपा नामबारे गरेको फैसला पछि सरकार कुन पार्टीको हो भन्ने यकिन नभएकाले अध्यादेशको प्रस्ताव पेश गर्न नहुने बताए ।


ADVERTISEMENT

# # #


उनले कार्यसूचि विपरित प्रस्ताव पेश गरे बैठक बहिष्कार गर्ने बताएका थिए । सर्वोच्च अदालतले आइतबार एमाले र माओवादी केन्द्रलाई ब्यूताउँदै केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीको नेकपा नाम खारेज गरेको थियो ।