काठमाडौँ–पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागहरुका साथै वाग्मती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुनेछ । साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।


ADVERTISEMENT


विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावल बेलुका सम्म कायम रहने जानकारी दिइन् । उनका अनुसार, मंलगबारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी भूभागहरुमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली रहेको छ ।


ADVERTISEMENT

# # #


दिउँसो देशका पहाडी भूभागहरुमा सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आज सबै भन्दा कम जुम्लाको न्युनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस रहेको छ । रासस