काठमाडौँ– चन्द्रागिरी नगरपालिका स्थित रहेको श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनःनिर्माण शुरु भएको छ । उक्त विद्यालय भारतको आर्थिक सहयोगमा पुनःनिर्माण हुन लागेको हो ।


ADVERTISEMENT


नेपाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ र भारतीय दूतावासका पुनःनिर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफूल्ल शर्माको उपस्थितमा आज भुमिपुजा गर्दै पुनःनिर्माणको कार्य शुभारम्भ गरिएको हो । सो विद्यालय कुल रु. ६ करोड ४९ लाखको लागतमा पुनःनिर्माण हुने जनाइएको छ ।


ADVERTISEMENT

# # #


भुकम्प प्रतिरोधी मापदण्ड अनुरुप बन्ने जनाइएको अब बन्ने उक्त विद्यालयलमा शैक्षिक, प्रशासनिक एवम् प्रयोगशाला तथा पुस्तकालय गरी ३ छुट्टाछुट्टै ब्लहरु हुनेछन् । जसमा १३ वटा कक्षाकोठा, परीक्षा हल, प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, विद्यालय व्यवस्थापन समिती, प्रशासन लगायतका कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाईका संरचनाको सुविधा रहनेछन् ।

वि.सं २०७२ सालमा गएको भुकम्पपश्चात् नेपालमा धेरै विद्यालयको क्षति भएको थियो । यसैअनुरुप भुकम्पले क्षति पुर्‍याएका ८ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्था पुनःनिर्माणका लागि सहयोग गर्ने भारतले प्रतिबद्वता जनाएको थियो । त्यसैअन्र्तगत शिक्षा क्षेत्रको पुनःनिर्माणमा सहयोग गर्दै आएको भारतको सहयोग अनुदानअन्र्तगत बन्न लागेको यो ६८ औं विद्यालय हो ।