फुटसलको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल बलियो प्रतिद्वन्द्वी उज्बेकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ । इरानमा शुरु एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल गत संस्करणको उपविजेता उज्वेकिस्तानसँग १ का विरुद्ध १४ गोलले पराजित भयो । उज्बेकिस्तानले दबुै हाफमा समान ७ गोल गरेको थियो । खेलको २० औं मिनेटमा नेपाली टोलीका कप्तान सुरज राउतले सान्त्वना गोल फर्काएका थिए । समूह ‘ए’ मा रहेको नेपालले भोलि किर्गिस्तान र पर्सि तुर्किमिस्तिानसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली प्रतियोगिताको अन्तिम चरणका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल चरण सन् २०१८ को फेब्रुअरीमा चाइनिज ताइपेइमा आयोजना हुनेछ । नेपाली टोलीका प्रशिक्षक राकेश श्रेष्ठले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले एक्सपोजरको कमीका कारण अपेक्षा अनुसारको खेल्न नसकिएको प्रतिक्रिया दिएका छन् ।


ADVERTISEMENT