पुनःसंरचनामा चित्त नबुझेपछि स्थानीय तहको निर्वाचनलाई ‘नो भोट नो क्यान्डिडेट’ भन्दै बहिष्कार गरेका साबिक तिङ्ला गाविस ९हालको नेचासल्यान गाउँपालिका–६०का स्थानीयले प्रदेश र सङ्घको निर्वाचनमा सहभागी नहुने सम्भावना बढ्दै गएको छ । उनीहरूको माग सम्बोधनको कुनै छनक नपाएपछि यस्तो सम्भावना बढेको स्थानीय बताउँछन् । यो खबर सन्तोष राउतले आजको गोरखापत्र दैनिकमा लेखेका छन्।स्थानीय तहको पुनःसंरचनामा असन्तुष्टि जनाउँदै आन्दोलनसमेत गरेका तिङ्लावासीले यस पटक पनि माग सम्बोधन नभए अब हुने निर्वाचनमा समेत भाग नलिने बताएका छन् । सोलुखुम्बुको तिङ्लालाई नेचा सल्यान गाउँपालिकामा समावेश गरेर उत्पीडनमा पारेकोमा आन्दोलन गर्दै चुनाव बहिष्कार गरेका थिए । सदरमुकाम पुग्न बढीमा २० मिनेटको मोटर बाटो छ भने हालको गाउँपालिकाको केन्द्र पुग्न कम्तीमा पनि पाँच घण्टा लाग्छ । काठमाडौँलाई तिङ्ला हुँदै सदरमुकामसम्मको सडकले जोडेको छ भने सो गाउँपालिका केन्द्र पुग्न भने भिरपहराको कच्ची सडक पार गर्नुपर्ने हुन्छ ।
ताजा खबर
- बझाङमा एमालेको सुरुवाती अग्रता, दोस्रोमा कांग्रेस
- इलाम २ को प्रारम्भिक नतिजा : कांग्रेसको सुरुवाती अग्रता, पछ्याउँदै एमाले
- मधेस र गण्डकीका व्यवसायीबिच मितेरी सम्बन्ध
- नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता
- विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो : चेम्बर अध्यक्ष अग्रवाल