उदयपुर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकास मन्त्री डा नारायण खड्काले पछिल्लो समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा भएको बताएका छन् ।


ADVERTISEMENT


आज नेपाल प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको बताए।


ADVERTISEMENT

# # #


माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्नाले निर्वाचनलाई असहजता सिर्जना गराउने वातावरण बन्ने बताए। उनले माओवादी केन्द्रको सरकारमा पनि रहने र प्रतिपक्षसँग पनि गठबन्धन गर्ने दोहोरो चरित्र स्वीकार्यता नहुने बताए ।

डा खड्काले वाम गठबन्धनले छिमेकी मुलुकसँगको सन्तुलन खलबलिने खतरा रहेको बताए, खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना मन्त्रीलाई नैतिकरुपमा सरकारबाट फिर्ता बोलाउनु पर्नेमा जोड दिए ।

एक अर्को प्रसंगमा उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको उपलब्धि भएको बताए । आन्दोलनरत दललाई निर्वाचनमा सहभागी गराउनु र संविधानलाई सर्वस्वीकार्य बनाउनु सरकारको उपलब्धि भएको उनको कथन थियो।

संविधानसभाको निर्वाचन २०६४ र २०७० सालमा उदयपुरबाट निर्वाचित डा खड्काले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उदयपुर क्षेत्र नं १ बाट आफू उम्मेदवारी बन्ने सम्भावना बढेको समेतउल्लेख गरे ।