काठमाडोँ– नेकपा माओवादी केन्द्रले अरु पार्टीहरुसंग वार्ता गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठलाई दिएको छ । पेरिसडाँडास्थित आज पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठलाई वार्ताको जिम्मा दिएको हो ।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्रले नयाँ सत्ता समीकरणबारे अरु पार्टीहरूसँग छलफल गर्नका लागि दुई सदस्यीय वार्ता टोली स्वरुप दाहाल र श्रेष्ठलाई जिम्मा दिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्रको हिजो बसेको बैठकले सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पनि भेट गरेका थिए ।

बैठकले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल निर्माण गरेको छ । जसअन्र्तगत कार्यदलमा पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल रहेका छन् ।