काठमाडौँ – सिभिल बैंकले मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवा कार्यालय, विराटचोकमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गरेका छन् ।


ADVERTISEMENT


उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ विराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिग बिभागका प्रमुख भोला बहादुर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायतको उपस्थिति थियो ।


ADVERTISEMENT

# # #


अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्नेछन ।

पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित ७ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ४ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैँकको हालसम्म ८९ एटियम रहेका छन् ।

बैंकले हालसम्म करीव रु. ८१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७४ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।