काठमाडौँ– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केन्याविरुद्ध नेपालको जारी खेलमा केन्याले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ । नेपालले केन्यालाई ४६.१ ओभर खेलेर १५५ रनमा अल आउट गरेको हो ।


ADVERTISEMENT


छैटौं बलरको रुपमा कप्तान ज्ञानेन्द्र मल्लले सरदलाई शक्ति गौचनको स्थानमा बलिङको मौका दिएका थिए। उनले २८ रन खर्चेर महत्वपूर्ण विकेट झारे। नेपालका लागि सुरुवातमै महबुब आलमले २ विकेट लिएर गतिलो सुरुवात दिलाएका थिए। यसपछि कोलिन्स अबुया र इरफान करिमले ७९ रनको साझेदारी गर्दै केन्यालाई सुध्रिढ बनाउने प्रयास गरेका थिए।
तर, सन्दीप लामिछानेले पहिले अबुयालाई ४८ र इरफानलाई भेषवाकरले ३८ रनमा आउट गरेपछि केन्याको विकेट पतनको सिलसिला सुरु भएको थियो।


ADVERTISEMENT

# # #


नेपालका तर्फबाट शरद भेषावकरले सर्वाधिक ४ विकेट लिए भने मेहेबुब आलम र बसन्त रेग्मीले समान दुई/दुई विकेट लिए । यसैगरी सन्दिप लामिछाने र सागर पुनले एक/एक विकेट आफ्नो खातामा पारे । करीब २ दवर्षपछि खेलमा फर्किएका मेहवुव आलमले ५ आभेर मेडेन फालेका थिए ।

शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको छ । टस जितेर बलिङ रोजेको नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले लिएका छन् ।

शनिबार भएको पहिलो खेलमा नेपाल पाँच विकेटले हारेको थियो । शनिवार परायज भोगेको नेपाल आज बदला लिने तयारी छ । यद्यपी नेपालको मुख्य समस्या ब्याटिङमा देखिएको छ ।

सन् २०१९ को एकदिवसिय विश्वकप छनोटको यात्रा जीवतै राख्न नेपालका लागि यो खेल गर वा मरको स्थितिमा छ । पहिलो खेलमा केन्यासँग हार खाएपछि नेपालको एकदिवसिय विश्वकप छनोटको यात्रा कठिन भएको छ ।
नेपाली टोलीमा शनिवाकै सदस्य छन्, अर्थात खेलाडी परिवर्तन भएका छैनन् । ज्ञानेन्द्र मल्ल क्याप्टेन, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सञ्जिव लामिछाने, दीपेन्द्रसिंह ऐरी, महबुब आलम, सुनील धमला नेपाली टोलीमा छन् ।