काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा विघटनको असफल प्रयास गरेका प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारको विकल्प दिनका लागि दिन पार्टी एक हुनुपर्ने प्रस्ताव गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार पार्टीको संसदीय दलको बैठक लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास पुगेर जसपा नेताहरुले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार निर्माणमा लाग्नुर्पो बताएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रवक्ता शर्माका अनुसार प्रमुख प्रतिपक्षी दल हिसाबले कांग्रेसले अग्रसरता लिए मात्रै त्यसले निकास पाउने जसपा नेताहरुले धारणा राखेका छन् । उनले भने, ‘उहाँहरुले प्रमुख प्रतिपक्षी दलको हैसियतमा नेपाली कांग्रेसको अग्रसरतामा मात्रै निकासको मार्ग प्रशस्त हुन्छ, त्यसकारण उहाँहरुले नेपाली कांग्रेसको भूमिका पनि उहाँले खोजी गर्नु भएको छ ।’

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायतका नेता छलफलका लागि कांग्रेस सभापति देउवा निवास गएका थिए ।

कांग्रेस पदाधिकारी बैठकले आजै ओली सरकारको विकल्प तर्फ अग्रसर बन्नुपर्ने कुरामा बढी उठेको बताउँदै प्रवक्ता शर्माले परिस्थिति थप परिपक्व बन्नका लागि कांग्रेस प्रतिक्षारत रहेको उल्लेख गरे ।

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई अस्वीकार गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि देशको राजनीतिमा नयाँ तरंग पैदा भइरहेको छ ।