काठमाडौँ – नेकपा एमाले उपमहासचिव समेत रहेका माधव नेपाल पक्षका नेता घनश्याम भुशालले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नमान्ने बताएका छन् । ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर महासचिव बाहेकका पदाधिकारी हटाएका छन्, माधव नेपाल पक्षका सबै नेताको अधिकार खोसेका छन्।


ADVERTISEMENT


उपमहासचिव भुषालले प्रधानमन्त्री ओलीको उक्त कदम मूर्खतापूर्ण भएको बताए । उनले नेपालमा अहिलेसम्म कुनै तानाशाहले समेत नगरेको काम प्रधानमन्त्री ओलीले गरेको बताए । उनले भने, ‘यो राजनीतिक रुपमा भत्र्सनायोग्य त हो नै गैरकानूनी पनि हो ।’ प्रधानमन्त्री ओलीले एकपछि अर्को अलोकतान्त्रिक काम गर्दै गएको बताउँदै उनले भने, ‘ओलीले जे गरे त्यो ५० वर्ष अघि अफ्रिकी मुलुकमा हुन्थ्यो।’ ।


ADVERTISEMENT

# # #


उनले ओलीका अलोकतान्त्रिक क्रियाकलापलाई निस्तेज गर्न लागिपर्ने बताए ।