प्रधानमन्त्री केपी शर्मा ओलीले बुर्जुवा वर्गको हातमा नेतृत्व सुम्पिन गम्भीर षड्यन्त्र भएको बताएका छन् । सत्तारुढ नेकपा एमालेको शुक्रवार सम्पन्न वैठकमा उनले यसबीचमा पार्टी र आन्दोलनलाई समाप्त पार्न र आफ्नो पार्टीको नेतृत्वको सरकारलाई विस्थापित गरेर बुर्जुवा वर्गको हातमा नेतृत्व सुम्पिन गम्भीर षडयन्त्र गरिएको आरोप लगाए ।


ADVERTISEMENT


यद्यपि, जनताको साथ र पार्टीका प्रतिबद्ध नेता कार्यकर्ताको सक्रियताले त्यसलाई विफल पारिएको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


‘सबैलाई अब जनताको समस्यामा केन्द्रित हुन र पार्टीलाई एकताबद्ध, अनुशासित, वैचारिक रुपमा स्पष्ट एवं जनताको मनमनमा भिजेको पार्टीका रुपमा स्थापित गर्न सक्रिय योगदानका लागि आह्वान गर्दछु,’ अध्यक्ष ओलीले भने ।

उनले सङ्कटको बेलामा सही नेतृत्व र सही विचारका पक्षमा दृढतापूर्वक उभिने नेता र आमजनतालाई विशेष धन्यवाद दिए ।