महोत्तरी – आफ्नो नगर बस्तीमा अस्पताल निर्माणका लागि बर्दिवास नगरपालिका ३ पाटुका डा. सुवास घिमिरेले एक करोडभन्दा बढी मूल्यको जग्गादान गरेका छन् । दन्त चिकित्सक समेत रहेका डा. घिमिरेले पाटुमा सरकारी जनरल अस्पताल निर्माणका लागि करिब एक करोड २५ लाख मूल्य पर्ने पाँच कठ्ठा जग्गादान गरेका हुन् ।


ADVERTISEMENT


डा. घिमिरेले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा शनिबार नै अस्पताल निर्माणको शिलान्यास गरिएको छ । नगरप्रमुख बिदुरकुमार कार्कीले अस्पताल निर्माणका लागि नगरपालिकाले तत्काल रु ४५ लाख उपलब्ध गराउने प्रतिबद्धतासहित अस्पताल भवन निर्माणको शिलान्यास गरेका हुन् । अस्पताल भवन एक वर्षभित्र निर्माण सम्पन्न भएर त्यसलगत्तै सञ्चालनमा आउने नगरप्रमुख कार्कीको भनाइ छ ।


ADVERTISEMENT

# # #


शिलान्यास समारोहमा डा। घिमिरेले सामाजिक क्षेत्रमा जीवनका अन्तिम क्षणसम्म योगदान दिएका आफ्ना स्व। पिताको स्मृतिमा अस्पतालका लागि जग्गादान गरेको बताए। बर्दिवास–सिन्धुली–बनेपा (बिपी) राजमार्गसँगै जोडिएको जग्गामा अस्पताल निर्माण थालिएको हो । सो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि महोत्तरी, सिन्धुली, सर्लाही, धनुषा र उदयपुरसम्मका सर्वसाधारण स्वास्थ्य उपचार सेवाबाट लाभान्वित हुने डा. घिमिरेको भनाइ छ । रासस