काठमाडौँ – साउदी अरेबियामा अब मालिकको अनुमतिबिनै काम र देश छाड्न पाइने भएको छ । यसअघि मालिकले कामदारको पासपोर्ट राख्ने गर्दा साउदी काम गर्ने कामदारलाई विभिन्न हिँसा हुने एवं श्रम शोषण हुने गरेका थिए । निश्चित अवधिसम्म सोही कम्पनीमा काम गर्नुपर्ने बाध्यताका कारण श्रमिकले दुःख पाउने गरेका घटना बाहिर आउने गरेका थिए ।


ADVERTISEMENT


साउदी अरबले विदेशी कामदारहरूलाई सजिलो हुने गरी आजदेखि ‘काफला’ प्रणालीमा सुधार लागू गरेको छ ।


ADVERTISEMENT

# # #


गत नोभेम्बरमै घोषणा भएपनि प्रणालीमा गरिएको सुधार आजदेखि लागू हुने भएको हो । यसले विदेशी कामदारलाई मालिकको पूर्वस्वीकृतबिनै काम मन नपरेमा काम र देश छाड्न सक्ने सुविधा प्रदान गरेको छ । कामदारहरुले काफला प्रणालीको स्वागत गरेका छन् । यद्यपि, यस प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा उनीहरुले ती प्रावधानप्रति असन्तुष्टि जनाएका छन्।