सिरहा – सिरहाको लमानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको हो ।


ADVERTISEMENT


विष्फोटमा परी ७ जना घाइते भएको प्रहरी जनाएको छ । जसमध्ये २ जना कार्यालयका कर्मचारी रहेको बुझिएको छ ।


ADVERTISEMENT

# # #


घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर भएको र उनको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

विष्फोट स्थलमा अहिले सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।