कैलाली– नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै उनले भनेका छन्; ‘त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।’ उनले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने ? भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाए ।

अघि बोल्दै उनले भने; ‘त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ ।’ नेता महतले कांग्रेस अरु कसैको नेतृत्वमा तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट समेत पारेका छन् । रासस