मकवानपुर– अवैध लागुऔषध गाँजासहित दुई जनालाई नौबीसेबाट प्रहरीले आज बिहान पक्राउ गरेको छ ।


ADVERTISEMENT


मकवानपुर जिल्ला पालुङबाट काठमाडौँतर्फ बा ४ च ६१३६ नम्बरको बलेरो जीप धुनिबेंसी नगरपालिका वडा नंं ६ नौबीसेस्थित त्रिभुवन राजपथमा जाँच गर्नेक्रममा १२१ किलोग्राम पाँच सय ग्राम गाँजाको धुलो बरामद गरिएको हो ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक रुपा थापाका अनुसार, प्रतिबन्धित गाँजाको धुलो लुकाइछिपाई लान लागेको सूचनाका आधारमा प्रहरीले सामान बरामद गरेको हो । लागुऔषधसहित बोलेरो चालक जिल्ला सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नंं ७ का ३३ वर्षीय सुमन तामाङ र सहचालक दोलखा जिल्ला चिलंखा गाउँपालिका वडा नंं ४ का २३ वर्षीय सुवास भुजेललाई पक्राउ गरिएको छ ।

उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस