सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्रको नेतृत्वमा बनेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले जनाएका छन् ।


ADVERTISEMENT


उनका अनुसार समर्थन फिर्ताको निर्णय आजैदेखि लागू हुनेछ । बैठकले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई पनि फिर्ता हुन निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।