काठमाडौँ – ओपोले नेपालमा एफ १९ प्रो सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


नयाँ भिडियो फिचर्सहरुका साथ एफ १९ प्रोको डिजाइन विशेषगरी “ट्रेन्ड सिकर्स” हरुलाई ध्यानमा राखि गरिएको छ । एफ १९ प्रोका अत्याधुनिक क्यामेरा फिचर्सले प्रयोगकर्ताका सिर्जनात्मकताका लागि पर्याप्त अवसर समेत उपलब्ध गराउँने कम्पनीको भनाइ छ ।


ADVERTISEMENT

# # #


एफ १९ प्रोले, एफ सिरिज अन्तर्गतका आफ्ना पछिल्ला संस्करणका तुलनामा उच्च ब्याट्री र तिब्र कार्यसम्पादन क्षमता उपलब्ध गराउँछ । यो सबै कम्पनीले सुन्दर आकारको पातलो डिजाइन र फ्लोइंग लाइट डिजाइन अवधारणा सहितका दूई चहकिला रंगमा उपलब्ध गराएको छ ।

एफ १९ प्रोमा ४८ एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपी माक्रो क्यामेरा र २ एमपी मोनो क्यामेराका साथमा काम गर्छ ।

एफ१९ प्रोमा भिडियोलाई आकर्षक देखाउन एआई कलर पोट्रेट भिडियोलाई परिस्कृतिकरणका साथ भिडियोमा प्रयोग गर्न मिल्ने तरिकाले उपलब्ध गरिएको छ । फोटोग्राफी भ्यारियण्टमा एआई कलर पोट्रेट भिडियोले, भिडियो शटको मान्छे पहिचान गरे जस्तै, एफ १९ प्रोले ब्याकग्राउण्डका मानिसलाई बुद्धिमताका साथ छुट्याउँछ । साथै, शटमा रहेको मानिसलाई चहकिला रंगले हाइलाइट गर्दै ब्याकग्राउण्डमा मोनोटोन ब्ल्याक वा ह्वाइट फिल्टरको प्रयोग मार्फत पोट्रेटको विषयलाई झल्किन सघाउँछ ।

रंग मार्फत आफ्नो रचनात्मकता भिडियोद्वारा प्रदर्शित गर्न चाहनेहरुका लागि ओपो एफ १९ प्रोमा मोनोक्रोम भिडियो फिचर पनि उपलब्ध छ । यसले कुनैपनि शटमा सिंगल आरजीबी रंगलाई बढावा दिनुका साथै अन्य रंगका प्यालेट्स फिल्टरआउट गरी फुटेजमा नाटकियपन ल्याउँछ ।

फोन मार्फत आफ्ना दैनिकी रेकर्ड गर्न रुचाउने भ्लगर्सका लागि ओपोले दूई दृष्टिकोण एकै पटक कैद गर्न सघाउने डुअलभ्यू भिडियो फिचरपनि सार्वजनिक गरेको छ । यसको सहायताले एकै साथ फ्रण्ट र रियर क्यामेरा मार्फत भिडियो खिच्न सकिन्छ । साथै कन्सर्ट लगायत समारोहका शट्समा स्थिरता दिन वा चहलपहलका कारण भिडियो बिग्रिने सम्भावनाबाट जोगाउन यसमा ईआईएस फिचरपनि दिइएको छ ।

फोटोमा उत्कृष्टताका लागि ओपोले डायनामिक बोके, नाइट फ्लेयर पोट्रेट लगायत ईफेक्टहरु पनि फोनमा उपलब्ध गराएको छ । त्यसैगरी एआई कलर पोट्रेट, एआई ब्यूटिफिकेशन २.० जस्ता फिचर्सले फोटोमा रहेका मानिस वा मानिसको समूहका प्राकृतिक सौन्दर्यमा निखार ल्याउँदै फोटोमा उत्कृष्टता प्रदान गर्न सघाउँछ । एफ १९ प्रोमा रहेको एआई सिन ईन्ह्यान्समेन्ट २.० ले २० प्रकारका ल्याण्डस्केप शट्को पहिचान गर्ने क्षमता राख्नुका साथै पिक्सेल बाई पिक्सेल कलर स्चाचुरेशन र कन्ट्रास्टमा सुधार ल्याउने कार्य गर्छ । साथै, भिडियो एडिटिङमा सघाउँदै मुभि क्वालिटी क्ल्प्सि स्वचालितरुपमा निकाल्न सघाउने लोकप्रिय फिचर, सोलुप भिडियोलाई पनि फोनमा निरन्तरता दिइएको छ ।

कम्पनीकाअनुसार ओपो एफ १९ प्रो, फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी दूई आकर्षक रंगमा उपलब्ध छ । ८ जीबी र्याम र १२८ जीबी सञ्चय क्षमता सहितको एफ १९ प्रोको मूल्य रु. ४४ हजार ९ सय ९० निर्धारण गरिएको छ ।