काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले प्रतिनिधिसभाको मुद्दा हारेका प्रधानमन्त्री केपी शर्माओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँडले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री अ‍ोलीले बाटो खोल्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘सर्वोच्च अदालतले सरकारको, प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेपछि प्रधानमन्त्रीले यसको नैतिक उत्तरदायित्व लिनु पर्छ कि पर्दैन ?’ उनले प्रश्न गरे, ‘यसको जवाफ दिनुपर्छ कि पर्दैन ? यसका लागि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन ?’

उनले सभामुखमार्फत सरकारका मन्त्रीहरुको ध्यानाकर्षण गराउँदै उनले सरकारको असंवैधानिक कदम गरेर न्यायायपालिकाले निर्णय गरिसके पछि संविधान, विधिको शासन पालना गर्छौँ भन्ने सरकारले गल्ती महसुस गरेर नैतिक उत्तरदायित्व लिनुपर्ने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । तर सर्वोच्च अलदालतले प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको भन्दै गत फागनु ११ गते प्रतिनिधिसभालाई पुनर्स्थापना गरेको थियो ।

प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरुले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।