कास्की – नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने एक नक्कली सहायक सेनानी पक्राउ परेका छन् । प्रहरीले मुस्ताङ थासाङ गाउँपालिका–४ ठेगाना भएका १८ वर्षीय किशोर पोखरा महानगरपालिका–१४ चाउथेबाट शनिबार पक्राउ गरेको हो ।


ADVERTISEMENT


निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा निज नेपाली सेनामा कार्यरत नभएको पाइएपछि उनलाई नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रतिवेदन सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले उनको साथबाट नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोसाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचयपत्र १ थान बरामद गरेको छ । यस्तै फ्लाईरोज लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट १ थान, १ थान मोबाइल र रमेश श्रेष्ठको नामको नेपाली नागरिकताको प्रतिलिपि १ थान बरामद भएको छ ।

उनी उपर लिखत सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।