काठमाडौँ – कोरोना कहर शुरु भएपछि शुरुवाती समयमा माग उच्च भएपछि कृत्रिम अभाव र कालोबजारी गरिएको मास्कको निर्यात हुन थालेको छ ।


ADVERTISEMENT


कोरोनापछि नै केही व्यवसायीहरुले नेपालमै मास्क उत्पादन शुरु गरेकोमा नेपालबाट यसको निर्यात समेत हुन थालेको छ ।


ADVERTISEMENT

# # #


भन्सार विभागकाअनुसार चालू आर्थिक वर्षको पहिलो ८ महीनामा नेपालबाट ४ करोडको मास्क निर्यात भएको छ । विभागकाअनुसार यस अवधिमा करिब ९ लाख मास्क नेपालबाट निर्यात भएको हो ।

विभागकाअनुसार यस अवधिमा नेपालबाट भारत, भुटान, फ्रान्स, जर्मनी, जापान, सिङ्गापुर, स्वीजरल्याण्ड, अमेरिका, बेलायत र अमेरिकामा मास्क निर्यात भएको छ ।