काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फेरि बढ्न थालेकाले सुरक्षित रहनु अनुरोध गरेका छन् ।


ADVERTISEMENT


बुधबार एक विज्ञप्ती जारी गर्दै मेयर श्रेष्ठले छिमेकी मुलुक भारतमा संक्रमण बढ्न थालेसँगै नेपालमा समेत त्रास बढेकाले सुरक्षित रहन आग्रह गरेका हुन् । उनले कार्यालय, सार्वजनिक स्थान तथा भिडभाड हुने क्षेत्रमा जनस्वास्थ्य मापदण्ड पालना गर्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


कोरोना खोप आएपछि महामारी सकिएकोजस्तो व्यवहार गरिरहेको तर्फ सचेत गराउँदै उनले खोप आए पनि नेपाल कोरोनामुक्त नभइसकेको बताएका छन् ।

खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित नहुने बताउँदै उनले भनेका छन्, ‘याँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण हुन सक्छ । तसर्थ कोरोना विरूद्धको खोप लगाइकाहरूले समेत अनिवार्य रुपमा जनस्वास्थ्य सुरक्षाको पालना गर्नु पर्दछ ।