काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएमा पुनः लकडाउन हुनसक्ने भन्दै सचेत गराएको छ ।


ADVERTISEMENT


बुधबार स्वास्थ मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा बोल्दै सहप्रवक्ता डा. समिर अधिकारीले लकडाउन गर्नु सरकारको चाहना वा उद्देश्य नभए पनि संक्रमितको संख्या उच्च हुन गएमा सरकारले परिस्थिति अनुसारका नीतिगत निर्णयहरु गर्न सक्ने बताए ।


ADVERTISEMENT

# # #


जनस्वास्थ्यका आवश्यक मापदण्ड पलना नगरेका पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेकाले संक्रमणलाई भयावह रुपमा फैलिन नदिने सबैजना सजक रहनुपर्ने उनले बताए ।

‘कोरोना संक्रमितको संख्यामा कमी आएको हो । तर, कोरोनाको जोखम कम भइसकेको भने होइन ।’ उनले भने, ‘यति हुँदाहुँदै पनि जनस्वास्थ्यका मापदण्ड पालना नगर्नुको नतिजा स्वरुप संक्रमितको संख्या बढ्दै गएको छ ।’

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि कोरोनाको दोस्रो लहर आउने सक्ने भन्दै उनले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेका छन् ।

नजिकिँदै गरेको रंगहरुको चाँड होली पर्वमा पनि आफन्त, साथीभाई जमघट गरी, अनावश्यक भीडभाड गरी होली नखेल्न मन्त्रालयले अपील गरेको छ ।