काठमाडौँ – नेपालको पहिलो फुटबल फ्रेन्चाईज क्रिकेट प्रतियोगिता नेपाल सुपल लि (एनएसएल)को टिकेटिङको जिम्मेवारी ‘पे वेल नेपाल’प्रा.लि.ले पाएको छ ।


ADVERTISEMENT


बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल स्पोर्टस् एन्ड इभेन्ट मेनेजमेन्ट प्रा.लि.ले एनएसएलको टिकेटिङ पार्टनरमाका रुपमा ‘पे वेल नेपाल’सँग सम्झौता गरेको हो । एनएसएलकी अध्यक्ष आश्रयता कार्की चौधरीले ‘पे वेल नेपाल’सँगको उक्त सम्झौता एनएसलका लागि लाभदायक हुने विश्वास व्यक्त गरिन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार ‘पे वेल नेपाल’ले एमएसलएलका सम्पूर्ण टिकट आफ्नो डिजिटल वालेटमार्फत विक्रि वितरण गर्न पाउनेछ । साथै विभिन्न ठाउँमा टिकट काउन्टर खोलेर समेत टिकट विक्रिवितरण गर्न सक्नेछ ।

सम्झौतापछि बोल्दै ‘पे वेल नेपाल’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) भीमप्रसाद तिमल्सिनाले एनएसएलसँग टिकेटिङ पार्टनरको रुपमा जोडिन पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘नेपाली फुटबल प्रेमीहरुलाई सहज र सुलभ टिकट विक्रिवितरणका लागि हामी नयाँ प्रविधिको प्रयोग गर्नेछौँ ।’

कम्पनी ऐन अनुसार दर्ता भएको ‘पे वेल नेपाल’ नेपाल राष्ट्र बैँकबाट अनुमति प्राप्त डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो ।