काठमाडौँ – एक वर्षदेखि कोरोना महामारीका कारण मुलुक आक्रान्त रहेको बेला दोस्रो चरणको कोरोनाको त्रास बढ्न थालेको छ । छिमेकी मुलुक भारतमा ह्वात्तै कोरोना संक्रमण बढ्न थालेपछि खुला सीमानाकाका कारण नेपालमा त्रासको वातावरण बनेको छ । सरकारी संयन्त्र आवतजावत रोक्ने, आवश्यक परे लकडाउन नै गर्नेसम्म तयारीमा जुटेका छन् ।


ADVERTISEMENT


संक्रमणलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । काठमाडौँ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना नियन्त्रणका लागि होली खेल्न प्रतिवन्ध लगाउने, काठमाडौँ उपत्यकामा मास्क अनिवार्य गर्ने, भिडभाड, सभा, सम्मेलनमा रोक लगाउने निर्णय गरेको बताए ।


ADVERTISEMENT

# # #


बुधवार बसेको बैठकले काठमाडौँमा मास्क अनिवार्य गर्ने र होली खेल्न प्रतिवन्ध लगाउनेसहित कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रहरूको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तहमार्फत अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरेको उनले जानकारी दिए ।