काठमाडौँ – भारतमा कोरोना संक्रमण बढ्न थालेपछि कैलाली/कञ्चनपुरका नाकाबाट दैनिक हजारौँको संख्यामा भारत गएका नेपाली फर्किन थालेका छन् ।


ADVERTISEMENT


कोरोनाका कारण घर फर्किएका नेपालीहरु महामारी सामान्य हुन थालेपछि असारपछि विस्तारै भारत नै फर्किएका थिए । तर पुनः अघिल्लो वर्षकै जस्तो अवस्था देखिन थालेपछि रोजगारीका लागि भारत गएका नेपालीहरु पुनः घर फर्किन थालेका हुन् ।


ADVERTISEMENT

# # #


भारतबाट स्वदेश फर्किने नेपालीहरू फर्किंदा सीमा नाकाहरूमा भीडभाड देखिएको छ । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै दैनिक १ हजारको हाराहारीमा नेपाली भित्रिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले जानकारी दिए ।

उनकाअनुसार हरेक दिन फर्किनेको संख्या बढ्दै गएकोमा १० दिनमा मात्रै १० हजारभन्दा बढी नेपाली यी दुई नाकाबाट घर फर्किएका छन् ।