हिमाली र पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरले बढ्दो बसाइँसराइ मुद्दालाई सम्बोधन गर्न आह्वान गरिएको छ । जुम्लाको खलंगामा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले जुम्ला कार्य आह्वान ९माउन्टेन एजेन्डा स् कल फर एक्सन० घोषणा गर्दै जलवायु परिवर्तनका कारण विस्थापित हुनुपर्ने बाध्यता रोक्नुपर्ने बेला आएको निक्र्योल निकालेको हो ।


ADVERTISEMENT


मुलुकका हिमाली र पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्नुका साथै अति वृष्टि र अनावृष्टिका कारण खाद्य संकट उत्पन्न भएपछि बाध्यतावश बसाइँ सर्ने क्रम बढेको छ । कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पासहित मुस्ताङ, मनाङ, गोरखा, रसुवा, दोलखा, सोलुखुम्बुलगायत हिमाली जिल्लाको माथिल्लो भेगका जनता तल्लो तटीय क्षेत्रमा बसाइँ सर्ने क्रम बढेको छ । यो समस्यालाई बेलैमा पहिचान गरी जलवायु अनुकूलित कार्यक्रममा जोड दिन विशेषज्ञहरूले औंल्याएका छन् ।


ADVERTISEMENT

# # #