काठमाडौँ – अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।


ADVERTISEMENT


डिशहोम फाईबरनेटले सेवा सुरु गरे संगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफर बाट फाईदा लिन सक्ने कम्पनीले जनाएको छ । डिशहोमको रिचार्ज गरी मासिक, त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको ईन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा ‘डिसहोम गो’ एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै ‘भीओडी’ मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् । ‘डिसहोम गो वेव’ मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्, साथै ‘एक्सभीओडी’ मा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् ।

नेपालमै टि.भि.को रिचार्ज गर्दा ईन्टरनेट लगायत ‘डिसहोम गो’, ‘डिसहोम गो वेव’ र ‘एक्सभीओडी’ फ्रि मा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।

डिशहोम फाईबरनेटले हाल बजारमा १०, २५ र ४० एमबीपीएसका प्याकेजहरु उपलब्ध गराएको छ ।