काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत वरिष्ठ नेता पौडेलले आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको खबरले आफूलाई मर्माहत बनाएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफू नेता जोशीलाई गुमाउँदाको पीडा सहन नसक्ने अवस्थामा रहेको बताएका छन् । उनले फेसबुकमा भनेका छन्, ‘नेपाली कांग्रेसका भरोसायोग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउदा म पीडा सहन नसक्ने अवस्थामा छु ।’

उनले नेता जोशीको निधनले शोकाकुल परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् ।

मष्तिष्कघात भई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत ५७ वर्षीय नेता जोशीको शुक्रबार साँझ निधन भएको थियो ।

अत्यन्तै दुखद खबर !
हार्दिक श्रद्धाञ्जली !

नेपाली कांग्रेसका उदियमान नेता नविन्द्रराज जाेशी अब हामी बीच रहनुभएन ।
आम…

Posted by Ram Chandra Paudel on Friday, March 26, 2021