काठमाडौँ – नेपाली कांग्रेसको सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीका नेता नवीन्द्र राज जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार सभापति देउवाले जोशीको निधनले आफू निकै मर्माहत भएको बताएका हुन् । उनले नेता जोशीको निधनले कांग्रेसले एउटा इमान्दार र निष्ठावान नेता गुमाएको बताएका छन् । उनले जोशीको निधनले शोकाकुल परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् ।
नेता जोशी फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसीयू, भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका थिए । नेता जोशीको आज(शुक्रबार) साँझ ८ः२४ बजे ५७ वर्षको उमेरमा निधन भएको थियो ।
उनले फेसबुकमा भनेका छन, ‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
हार्दिक श्रदाञ्जली नविन्द्रजी
नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको…
Posted by Sher Bahadur Deuba on Friday, March 26, 2021