काठमाडौँ – माओवादी केन्द्र र नेकपा एमालेको पार्टी एकीकरणबाट बनेको नेकपालाई सर्वोच्च अदालतले वैधानिकता नदिएपछि दुई पार्टी पुर्वावस्थामा फर्किएका छन् । माओवादी केन्द्रले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी गरेपनि सरकारलाई गरेको समर्थन हालसम्म फिर्ता लिएको छैन ।


ADVERTISEMENT


तर अब माओवादीले सरकारको समर्थन फिर्ता लिने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दुई दिनमै सरकारलाई गरेको समर्थन फिर्ता लिने बताएका छन् ।


ADVERTISEMENT

# # #


बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले अन्य दलहरुबाट पनि तत्काल समर्थन फिर्ता लिइनहाल्न सुझाव आएकाले हालसम्म फिर्ता नलिएको बताउँदै अब भने समर्थन गरी बस्न नसक्ने उनले बताएका छन् ।

उनले भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, राजनीति जतासुकै जाओस् एक दुई दिनमै समर्थन फिर्ता लिन्छु।’

अविश्वासको प्रस्ताव पेश गर्ने वातावरण बनेपछि मात्र माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको थियो ।