काठमाडौँ – वरिष्ट गीतकार हरि गोपाल प्रधानले हवाईजहाजभित्र आफ्नो साङ्गितिक एल्बल “यो मुटुमा सधैभरि” विमोचन गरी विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्।


ADVERTISEMENT


काठमाडौंदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र ३६ हजार फिटको उचाईंमा विमोचन गरेर “वल्र्ड बुक अफ रकेर्डस्” मा कीर्तिमान कायम गरेका हुन् । उ्रक्त एल्वम शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरेका थिए ।


ADVERTISEMENT

# # #


उपराष्ट्रपति नन्द बहादुर पुनले विश्व रेकर्डसको प्रमाणपत्र कीर्तिमानी वरिष्ट गीतकार हरि गोपाल प्रधानलाई हस्तान्तरण गरेका छन् । त्यसक्रममा शहरी विकास राज्यमन्त्री मानन्धर, वर्ल्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वाल, हिपहप किङ्ग निर्णय श्रेष्ठले दोसल्ला वर्ल्ड बुक अफ रकेर्डसको पीन एवं माला लगाई सम्मान प्रदान गरिएको छ ।

उक्त साङ्गितिक एल्बममा प्रदीप राज वन्त र कृजना डंगोलको अभिनय रहेको छ भने आराध्या लक्ष्मी खडगीको कोरियोग्राफी र निर्देशन तथा सोहन मानन्धरले छायांकन र सम्पादन गरेका छन् ।

कीर्तिमानको प्रमाणपत्र प्रदान गर्दै उपराष्ट्रपति पुनले भने, “संसारमा कसैले नगरेको कार्य गरी विश्व रेकर्ड बनाउने काम आफैमा गाह्रो काम हो, तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ ।”

यस्तै शहरी विकास राज्यमन्त्री मानन्धरले साङ्गितिक क्षेत्रको नमूना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताउँदै मन्त्री मानन्धरले बधाई दिए ।

वर्ल्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वालले गीतकार हरि गोपाल प्रधानको अथक मेहनत र प्रयासबाट यो रेकर्ड बन्न सफल भएको भन्दै हरेक पाइलामा साथ दिने प्रतिवद्धता जाहेर गरे । साथै गीतकार प्रधानले सबैको साथ सहयोगका कारण आफूले विश्व रेकर्ड राख्न सफल भएको बताए ।

यस एल्बममा गायिका सरिता अधिकारी, संगीतकार किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर, अमूल कार्की ढली, रेकर्डीस दीप तुलाधर, फोटोग्राफर÷प्रोडक्सन राजेश मानन्धर, फोटोग्राफर÷प्रोडक्सन पद्यमसागर कक्षपति, ड्रेस डिजाइनर शोभा महर्जन, ड्रेस डिजाइनर कुसुम श्रेष्ठ, मोडेल कलाकार कुसुम तामाङ्ग, मेघना महर्जन, निलम तामाङ्ग, नेहा महर्जन, सिंगार(हिमा पुन मगर, सिंगार मनु थापा मगर,रेखा बलामी, प्रोडक्सन मेनेजर ( निकेश सुवेदी र निर्माता शब्दयात्रा प्रकाशन, परिवार रहेका छन् ।